सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा नगरपालिका ११ को वडा कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७७ जेठ ३०, ०७:२० खबर संवाददाता

मसुरिया : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ को कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। स्थानीय शिक्षक र वैदेशिक रोजगारीमा रहेका एकजनाले १८ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्।

आदर्श एकेडेमीका फाउण्डर तथा प्रिन्सिपल हेमराज अम्मै र वैदेशिक रोजगारीमा रहेका सोही ठाउँका कमल चौधरीले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्।

दुई जनाको संयुक्त लगानीमा एक सय पाँच थान सेनिट्राईजर, एक सय पाँच थान मास्क, १८ थान प्याड वडाध्यक्ष बिनोदकुमार चौधरीलाई हस्तान्तरण गरिएको अम्मैले बताए। 
 

कमेन्ट लोड गर्नुस