सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस नेतृ राणाद्धारा डोटीमा स्वास्थ्य सामाग्री सहयोग

२०७७ जेठ ३०, ०३:०३

नरेश बोगटी, डोटी : नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले बडिकेदार गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छन्। सुरक्षित मातृत्व सञ्जालकी अध्यक्ष समेत रहेकी नेतृ देउवाले नेपाली काँग्रेस डोटीका नेता सुशिल घर्तीमगर मार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ सामाग्री सहयोग गरेकी हुन्।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देउवाले गाउँपालिकालाई दुई थान पीपीई सेट, एक थान थर्मल गर्न, दुई सय सर्जिकल मास्क, दुई थान ग्लोव्स, चार थान एन नाईण्टिफाइव मास्क, साबुन, सेनेटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको नेता घर्तीले बताए।

यस्तै सुरक्षीत मातृत्व सन्जाल महासंघ नेपालले स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

अध्यक्ष देउवाकै आर्थिक सहयोगमा आठ सेट पिपिई, एन ९५ मास्क, ५० पिस, एउटा थरमल गन, पाँच प्याकेट पन्जा,  दुई सय पेपर मास्क, ७० वटा साबुन लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको नेपाली काङ्ग्रेस डोटीका जिल्ला सदस्य सुशिल घर्तीले बताए।
 
 

कमेन्ट लोड गर्नुस