सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एम्बुलेन्स दुर्घटनामा परी ३ जना घाईते

२०७७ जेठ २९, ११:०४ खबर संवाददाता

बैतडीमा एम्बुलेन्स दुर्घटनामा परी ३ जना घाईते भएका छन्। धनगढी बाट बैतडीका लागी गएको एम्बुलेन्स पाटन नगरपालिका वडा नम्बर ८ ब्रिन्दा बनमा दुर्घटना हुदा एम्बुलेन्समा सवार पुर्चाैडी नगरपालिका ५ का ५५ वर्षीय दिल बहादुर कुवँर, उनकी ४५ वर्षीय श्रीमती बेलमती कुवँर र २० वर्षिय छोरा रोहीत कुवँर घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता किसन चन्दका अनुशार बिहिबार साझँ एम्बुलेन्स अनियन्त्रीत भई सडक बाट डेढ सय मिटर खसेको थियो। एम्बुलेन्स चालक पुर्चाेडी नगरपालिका ७ का उत्तर विष्ट भने फरार रहेको प्रहरीले जनाएको छ। घाईते सबैलाई डडेल्धुरा अस्पताल लगीएको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस