धनगढीमा भ्यु टावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अन्तिम चरणमा (भिडियो सहित)
अवको दुई महिनाभित्र आवश्यक पुर्व तयारीको काम सम्पन्न गर्ने लक्ष्य
धनगढीमा सवा अर्व वढीको लगानीमा भ्युटावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । न्यूआईटी भेन्चरले निर्माण गर्ने मोडेल टाउन निर्माणका लागि आवश्यक तयारी गर्न एक टोली धनगढी पुगेर आज फर्किएको छ । टोलीले प्रारम्भिक अध्ययन लगायतका तयारी सकेर आज फर्किएको हो । अवको एक महिना भित्र स्थानको टुंङगो लगाउँदै माटो परिक्षण गरेर निर्माण अघि आवश्यक सवै प्रक्रिया पुरा गर्ने लक्ष्य न्यु आईटी भेन्चरले जनाएको छ । आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्ट सहितका गैर आवासिय नेपालीहरुको लगानी रहेको न्युआईटी भेन्चरले धनगढीमा अत्याधुनिक सुविधायुक्त भ्यु टावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अगाडी वढिरहेको छ । त्यसका लागि न्यूआईटी भेन्चरको टोली प्रारम्भिक अध्ययन सकेर सोमवार फर्किएको छ । फर्किनु अघि दिनेश खवरलाई प्रतिक्रिया दिदै न्यूआईटी भेन्चरका संस्थापक तथा सिईओ दिपक अधिकारीले स्थान छनोट गरेर माटो परिक्षणको काम वाँकी रहेपनि अन्य प्रक्रिया अन्तिम चरणमा पुगेको वताए ।
सार्वजनिक निजि साझेदारी अवधारण अनुसार निर्माण गरिने मोडेल भवन स्मार्ट सिटी वनाउने कामको एउटा खुट्किलो भएकोले यसका लागि आवश्यक सहयोग गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ । न्यु आईटी भेन्चर सहित गैर आवासीय नेपाली, उपमहानगरपालिका र यसक्षेत्रका व्यवसायीहरुलाई शेयर दिएर सो मोडेल भवन निर्माणको प्रक्रिया अगाडी वढ्नेछ । त्यसका लागि आवश्यक पुर्व तयारीहरु एक महिनाभित्र सम्पन्न गरेर भवन निर्माणको कामका लागि वाटो खोल्ने गरी काम गरिरहेको धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडले वताए । आईटी भेन्चरले धनगढीमा सवा एक अर्वको लगानीमा झण्डै २ बिगाहाको क्षेत्रफलमा निर्माणको योजना वनाएको छ । यो टाउन ९ ताले र ७ ताले ९ वटा भवनमा निर्माण गरिने छ जहाँ ९ तले भवनको माथि धनगढी नगरहेर्न सकिने भ्यू टावर समेत निर्माण गरिनेछ । पहिलो ९ ताले भवनमा ब्रान्डेड सोरुम, होटेल, फिटनेस सेन्टर र भ्यूटावर हुनेछ भने दोश्रो ७ ताले भवनमा परम्ंपरागत प्रविधी, बिज्ञान ल्याव, आवश्यकीय कार्यालय र सेमिनार हल निर्माण गरिने आईटी भेन्चरका सिईओ अधिकारीले जानकारी दिए ।
मोडेल टाउन निर्माणको कार्य २ बर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यस विषयमा न्यूआईटी भेन्चरका पदाधिकारी स्मार्ट सिटी समन्वय समिति बिच छलफल गरेर सोमवार फर्किएका छन । यो कम्पनीले सुचना प्रविधिको क्षेत्रमा काम गरिरहेको छ । यो कम्पनीलाई जापानमा रहेका प्रवासी नेपालीहरुले सञ्चालन गरिरहेका छन ।