बैतडी क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोट नेगेटिभ
बैतडी : बैतडीस्थित एक क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोट नेगेटिभ आएको छ। जिल्लाको पाटनमा रहेको क्वारेन्टिनमा मृत्यु भएका ३० बर्षीय युवकको कोरोना रिपोट नेगेटिभ आएको हो।
भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका पाटन ६ सन्तोलीका ३० बर्षीय हरिश लुहारको ज्यान गएको थियो।
उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।