सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका क्वारेन्टिनमा बस्नेहरुलाई खाद्यान्न सहयोग

२०७७ जेठ २६, ०६:५३ खबर संवाददाता

टेक चन्द, सिलगढी: डोटीका क्वारेन्टिनमा बस्नेहरुलाई खाद्यान्न सहयोग गरिएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाका प्रमुख प्राशासकिय अधिकृत शंकर सूचिकारले आफ्नो गृह पालिका दीपायल सिलगढी नगरपालिका वडा नम्बर ३ दिल्पेश्वार माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्नेहरुलाई खाद्यान्न सहयोग गरेका हुन्। 

उनले चार क्विन्टल चामल, १० किलो दाल, दुई पेटी चाउचाउ र दुई पेटी विष्कुट सहयोग गरेका हुन्। उक्त खाद्यान्न सामग्री सूचिकारका बुवा नरबहादुरले हस्तान्तरण गरेका हुन्। प्रमुख प्राशासकिय अधिकृत सूचिकारले बोगटान फुड्सिल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा समेत २५ हजार सहयोग गरेको बताए। 

यस्तै नेपाली कांग्रेस डोटीका नेता एवं क्षेत्र नम्वर १ का सभापति विजय खड्काले दीपायल सिलगढी नगरपालीका वडा नम्बर ८ लडागडाका विभिन्न क्वारेन्टिनमा बस्नेहरुलाई खाद्यान्न सहयोग गरेका छन्। उनले ५ क्विन्टल चामल, १० किलो चिउरा, २ किलो चिनी, ४८ वटा साबुन, ५१ वटा दाँत माझ्ने ब्रस, १ सय ५० वटा मास्क र ७२ वटा दन्तमन्झन सहयोग गरेका हुन्। 

भारतबाट फर्किएकाहरु अहिले स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका छन्। उनीहरुलाई खाद्यान्न लगायत अन्य समाग्रीको समस्या भइरहेको छ। 
 
 

कमेन्ट लोड गर्नुस