सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमानी ट्रष्टद्वारा धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७ जेठ २५, ०२:५९ खबर संवाददाता

धनगढी : हिमानी ट्रष्ट काठमाण्डौले धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। ट्रष्टले १ सय थान पिपिई, २ हजार ५ सय थान सर्जिकल मास्क, २ हजार ५ सय थान ग्लोब्स, १ लाख बराबरको साबुन, १ लाख बराबरको पानी हस्तान्तरण गरेको छ। 

ट्रष्टका सदस्य ललित जोशी र तपराज जोशीले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन। 

कमेन्ट लोड गर्नुस