सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थप एकजनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको सङख्या ११० पुग्यो

२०७७ जेठ २५, ०२:१८

धनगढी : कैलालीमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप एकजनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

जिल्लाको गौरीगंगा नगरपालिका ११ मसुरियाका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले बताए। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय १० पुगेको छ।

सुदूरपश्चिमका एक सय १० जना संक्रमित मध्ये एक सय ६ जना प्रदेशभित्रै रहेका छन् भने दुई जना संक्रमितको मृत्यु भईसकेको छ।

एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। संक्रमित मध्ये १८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।

सबैभन्दा बढि कैलालीका ४७ जना, अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७र७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ९२, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।
 

कमेन्ट लोड गर्नुस