कोरोना आशंकामा डडेल्धुराका पुरुष सेती अस्पताल भर्ना
धनगढी : कोरोना आशंकामा डडेल्धुराका एकजना सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय पुरुष कोरोना आशंकामा अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
उनलाई अस्पतालको आईसोलेसन वार्डमा राखिएको छ भने कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको श्रेष्ठले बताए। ती पुरुष भारतबाट फर्किएको बुझिएको छ।
उनमा कोरोना सम्भावित लक्षण देखिएका कारण अस्पतालले आईसोलेसन वार्डमा भर्ना गरेको हो।