कैलालीका चार जना संक्रमित सेती अस्पतालको आईसोलेसन भर्ना
धनगढी : कैलालीमा चारजना संक्रमितलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको छ।
श्निबार कोरोना संक्रमण पुष्टि भएका गौरीगंगा नगरपालिकाका १८, २६, २७ र ३३ वर्षीय पुरुषलाई आईसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
नयाँ निर्देशिका अनुसार लक्षण देखिएका विरामी भएका कारण उनीहरुलाई आईसोलेसन भर्ना गरिएको श्रेष्ठले बताए। गौरीगंगा नगरपालिका वडा नम्बर ११ को भवानी राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका उनीहरुलाई एम्बुलेन्स मार्फत अस्पताल ल्याईएको हो।
यो सँगै सेती अस्पतालको आईसोलेसन वार्डमा उपचाररत व्यक्तिहरुको संख्या २३ पुगेको छ।
यसअघि १९ जना लक्षण देखिएका संक्रमितको सेतीमै उपचार भईरहेको थियो भने ६ जना लक्षण नदेखिएका संक्रमितलाई नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरेको थियो।