विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो
२०७७ जेठ २५, ०६:०५
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख एक हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख एक हजार ६ सय ७ पुगेको छ।
यस्तै ६९ लाख ६६ हजार ४ सय १२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३४ लाख ४ हजार ४ सय १५ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस