सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यवसायीद्वारा क्वारेन्टाइनमा बस्नेहरुलाई सहयोग

२०७७ जेठ २४, ०७:२७ खबर संवाददाता

धनगढी :  धनगढीका व्यवसायीले क्वारेन्टाइनमा रहेकाहरुलाई स्वास्थ्य समाग्रीसहित फलफुल वितरण गरेको छन्। 

उप–महानगरपालिकाको वडा नम्बर १४ मा स्थापना गरिएका क्वारेन्टाइनमा स्वास्थ्य समाग्री र फलफुल वितरण गरिएको हो। कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष गगन केसी, सचिव सिद्धराज पनेरु, वाणिज्य संघकै सदस्य तथा धनगढी होलसेल व्यवसायी संघका अध्यक्ष तिलख चन्द खतिवडा, सचिव यमनाथ सिग्देल र कार्यसमिति सदस्य श्यामकृष्ण खतिवडाले संयुक्त रुपमा बिस्कुट, पानी, केरा, अनार, अङ्गुर, औषधि, पानी तताउने  भाडो, र मास्क  वितरण गरेका हुन्।

वडा नम्बर १४ मा रहेको शिव शंकर आधारभुत विद्यालय तथा पञ्चोदय माविमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेकाहरुलाई उक्त समाग्री वितरण गरिएको कैलाली उद्योग वाणिज्य संघका सचिव पनेरुले बताए। भोलीपनि अन्य क्वारेन्टाइनमा फलफुल वितरण गरिने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस