सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट भित्रिने फेरि बढे, आज ५ हजार बढीको उद्धार

२०७७ जेठ २४, ०६:५४ खबर संवाददाता

धनगढी :  कैलालीको त्रिनगर नाकाबाट आजपनि भारतमा अलपत्र नेपाली भित्रिएका छन्। आज साझसम्म ५ हजार एक सय ४९ जना नेपाली त्रिनगर नाका भएर भित्रिएका हुन्।

स्वदेश भित्रिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताए। उनीहरुलाई स्थानीय तहले स्थापना गरेका विभिन्न क्वारेन्टाइनमा राखिने छ। 

उक्त नाकाबाट अहिलेपनि भित्रिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस