सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई संक्रमित ३ दिनदेखि क्वारेन्टिनमै, भन्छन्–औषधि चालकले दियो, कसरी खाने ?

२०७७ जेठ २४, ०८:४५ खबर संवाददाता

कोरोना पुष्टि भएपनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पातलले आइसोलेसनमा नराखेरै फिर्ता पठाएका धनगढीका दुई कोरोना संक्रमितलाई तीन दिनदेखि क्वारेन्टिनमै राखिएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का २२ बर्षीय युवती र २६ बर्षीय युवकलाई पञ्चोदय माविको क्वारेन्टिनमै राखिएको हो। बिहिवार कोरोना पुष्टि भएका धनगढीका २६ बर्षीय संक्रमित युवकले शुक्रवार सेती प्रादेशिक अस्पतालमा लगिएको तर केही जानकारी नै नदिएर फेरी क्वारेन्टिनमै फिर्ता पठाइएको बताए।

‘एम्बुलेन्समा बिहान सेती अस्पताल लगिएको थियो। एक पटक एम्बुलेन्सबाट समेत उतारिएन,’ संक्रमित २६ बर्षीय युवकले भने, ‘फेरी पञ्चोदय माविकै क्वारेन्टिनमा ल्याएर राखिएको छ। चालकले औधषी खानु भनेर दिएका छन्। कुन समयमा खाने थाहाँ नभएर खाएका छैनौ।’

उनले संक्रमण पुष्टि भएपछि पनि परिवारका तीन जना सदस्यसंगै एक रात राखिएको तर अहिलेसम्म परिवारका सदस्यको परीक्षण नभएको गुनासो समेत गरे। अहिले संक्रमित २२ युवती र उनलाई एउटै कोठामा राखिएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का अध्यक्ष रामबजारी चौधरीले क्वारेन्टिनमै छुट्टै कोठामा राखिएको भएपनि धारा र शौचालय एउटै हुँदा समस्या भएको बताए।

पञ्चोदयको क्वारेन्टिनमा ४८ जनालाई राखिएको बताउँदै उनले भने, ‘संक्रमित महिला र पुरुषले प्रयोग गर्ने धारा र शाचलय नै अन्यले समेत प्रयोग गर्नुपर्ने बाध्यता छ। संक्रमितलाई क्वारेन्टिनमा राखेपछि सहज हहुने थियो।’ दुबै जना सक्रमित परिवारका सदस्यसहित १४ दिन अगाडि भारतको दिल्लीबाट आएका थिए। 

कमेन्ट लोड गर्नुस