सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी होलसेल व्यवसायी संघद्धारा क्वारेन्टिनमा बसेकालाई सहयोग

२०७७ जेठ २३, ०३:१८ खबर संवाददाता

धनगढी : धनगढी होलसेल व्यवसायी संघले क्वारेन्टिनमा बसेकाहरुलाई सहयोग गरेको छ।

उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाम स्थित तुलसी माविको क्वारेन्टिनमा बसेकाहरुलाई म्याट, तन्ना, सिरानी, ब्रस, पेस्ट, नुहाउने र लुगा धुने साबुन, मास्क, पन्जा सहयोग गरेको संघले जनाएको छ।

उनीहरुलाई १५ दिन पुग्ने खाना र नास्ताको पनि व्यवस्था गरिएको संघाका अध्यक्ष  तिलक चन्द खतिवडाले बताए।  

कमेन्ट लोड गर्नुस