सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खेलाडीलाई राहत वितरण सुरु, १२ बर्षिय प्रदितिले गरिन १५ हजार सहयोग

२०७७ जेठ २३, ०८:०६ खबर संवाददाता

धनगढी : लकडाउनका कारण समस्यामा परेका धनगढीका खेलाडीहरुलाई राहत वितरण गरिएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले समस्यामा परेका खेलाडीलाई राहत वितरण गरको हो।

धनगढीका ४३ जना खेलाडीहरुलाई राहत वितरण गरिएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले बताए। दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेल खेलाडीहरुलाई उपलब्ध गराइएको उनले बताए। उनले प्रदेशभरीकै खेलाडीलाई राहत वितरण गर्ने तयारी रहेको बताए। 

यस्तै धनगढी उप महानगरपालिका वडा नम्बर २ कि १२ बर्षिय प्रदिति चन्दले लकडाउनका कारण समस्यामा परेका खेलाडीहरुलाई राहत खरिद गर्न नगद सहयोग गरेकी छिन्। जेसिज एभरेस्ट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत चन्दले राहतका लागि नगद सहयोग गरेकी हुन्।

आफ्नो जन्मदिनको अवसर पारेर प्रदितिले कैलालीका खेलाडीहरुलाई राहत उपलब्ध गराउन राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीलाई सहयोग गरेको जानकारी दिईन्।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दकी छोरी प्रदितिले समस्यामा परेकालाई सहयोग गर्नुपर्छ भनेर बिभिन्न समाचारमा देखेकाले आफुले पनि सहयोग गरेको बताइन्। उनले १५ हजार नगद सहयोग गरेकी हुन्। उनले टिचिङ अस्पतालमा उपचाररत गोजुरियो कराते संघका सदस्य चन्द्र थापालाई पनि थप तीन हजार सहयोग गरेकी छिन्। 

यस्तै खेलाडीलाई राहत वितरण गर्न कृष्ण बोहराले १३ हजार ५ सय, बाबुराजा श्रेष्ठले ९ हजार,योगेन्द्र चन्दले ५ हजार, दिपक बहादूर सिहंले ४ हजार ५ सय, एकेन्द्र कुँवरले ४ हजार, दुर्गा शर्माले २ हजार ५ सय, त्रिलोक्यनाथ पाण्डेयले २ हजार ५ सय, रमेश खड्काले १ हजार १ सय ५०, अरुण सिहलें ११ सय, सुदेश सागर जोशीले ३ हजार, दिनेश चटौतले दुई हजार सहयोग गरेका थिए।

कमेन्ट लोड गर्नुस