डोटीको क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइँदै
डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाका क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाउन थालिएको छ।
सिलगढीस्थित पद्मा पब्लिक मुक्तिनारायण माविको क्वारेन्टाइनमा रहेका ५८ जना, लडागडाका ७८, दिल्पेश्वर माविका ६५ र दिल्पेश्वर आधारभुत विद्यालयको क्कवारेन्टाइनमा रहेका ४१ जनालाई घर पठाइएको हो।
१४ दिन क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटि रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य एकाइ प्रमुख गणेश भण्डारीले बताए।