कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट ४ हजार बढि भित्रिए
धनगढी : कैलालीको त्रिनगर नाकाबाट आजपनि भारतमा अलपत्र नेपाली भित्रिएका छन्। आज दुई हजार नौँ सय ४१ जना नेपाली त्रिनगर नाका भएर भित्रिएका हुन्।
स्वदेश भित्रिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मतबहादुर थापाले बताए। उनीहरुलाई स्थानीय तहको क्वारेन्टाइनमा राखिने छ।
उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट आज १२ सय भन्दा बढी नेपालीको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतका विभिन्न क्षेत्रबाट फर्किएका एक हजार दुई सय २२ जनाको पश्चिमी सीमा नाकाबाट उद्दार गरिएको जनाएको छ।
यस्तै नेपालबाट दुई सय ४७ जनालाई भारत पठाईएको प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताए।