बैतडी जिल्ला अस्पतालका स्वास्थ्यकर्मी ‘सेल्फ क्वारेन्टाइन’मा
बैतडी : जिल्ला अस्पताल बैतडीका स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टाइन’मा राखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ।
जिल्ला अस्पताल बैतडीमा बच्चा जन्माएकी एक महिलाको ‘आरडीटी रिपोर्ट पोजिटिभ’ आएपछि उनको सम्पर्कमा रहेका १९ जना स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।
सुत्केरी महिलाको ‘पीसीआर’ परीक्षणका लागि स्वाब नमुना संकलन गरी धनगढीस्थित प्रयोगशाला पठाउने तयारी गरिएको छ। उनलाई जिल्ला अस्पतालकै ‘आइसोलेसन’मा राखिएको छ।