सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर मृत्यु

२०७७ जेठ २१, ०२:०५

धनगढी : कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ४ का ३६ वर्षीय शेषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

जानकी गाउँपालिका वडा नम्वर ७ स्थित सडकमा से १ त १९३५ नम्बरको ट्याक्टरमा मिक्स्चर मेसिन जोडी लगिरहेको अवस्थामा उक्त मेसिन बिजुलीको मेन लाइनमा छुन गई करेन्ट लागेको थियो। करेन्ट लाग्दा ट्र्याक्टरमा सवार चौधरी बेहोस भएपछि उपचारको लागि टीकापुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस