कैलाली उद्योग वाणिज्य संघका सचिव पनेरुद्धारा सावुन र पानी वितरण
धनगढी : कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले साबुन र पानी वितरण गरेका छन्। शिवपुर उत्तर रामेश्वरम धामका समेत सचिव रहेका पनेरुले उप–महानगरपालिकाको वडा नम्बर ४ को क्वारेन्टाईनमा रहेकाहरुलाई १० सावुन र १० पेटी पानी वितरण गरेका हुन्।
क्वारेन्टाईनमा रहेकाहरुले पानी र साबुन अभाव भएको बताएपछि वितरण गरेको उनले बताए। वडा नम्बर ४ को क्वारेन्टाईनमा १० जनालाई राखिएको छ। भोली उनीहरुलाई नै फलफुल वितरण गर्ने सचिव पनेरुले बताए।