सुदूर नेपाललाई विश्वसँग जोड्दै

छुरा प्रहारबाट एक युवकको मृत्यु

२०७७ जेठ १९, ०२:०४ खबर संवाददाता

छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। आइतबार राति ११ बजे इटहरी उपमहानगरपालिका–२० तरहराका ३० वर्षीय राजन राईको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ५ जनाको समूह बसेर मदिरा सेवन गरेको समयमा सामान्य विवादका कारण राईमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रज्वल तामाङका समूहले एकता टोलमा राईमाथि आक्रमण गरेको थियो।

घाइते राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। घटनामा संलग्न तीन जना फरार रहेका छन्।
 

कमेन्ट लोड गर्नुस