सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षित मातृत्व सञ्जाल महासंघद्धारा बैतडी अस्पताललाई स्वास्थ्य सामाग्रि सहयोग

२०७७ जेठ १८, ०७:०६ खबर संवाददाता

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले जिल्ला अस्पताल बैतडीलाई स्वास्थ्य सामाग्रि सहयोग गरेको छ। नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि खटिरहेका जिल्ला अस्पताल बैतडीका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको हो।

संस्थाले नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टमार्फत आज अस्पताललाई सो संस्थाले अस्पताललाई पिपिई ८ सेट, सेनिटाइजर १० लिटर, भर्मलगन १ थान, पञ्जा ५ प्याकेट, पेपर मास्क ९ प्याकेट, बुट ५ जोडी, एम ९५ मास्क ५० वटा, साबुन ७० पिस, सेनेटरी प्याड ९६ वटा, औषधि (भिटामिन र मेट्रो) ४०० वटा प्रदान गरेको हो।  

भट्टले अस्पतालमै गएर आइतवार उक्त सामग्री हस्तान्तरण गरेको बताए। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको पहिलो घेरामा बसी कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको प्रत्याभूती दिंदै मनोबल उच्च पार्न उक्त सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस