सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन प्रतितोला साढे २३ सयले महंगियो

२०७७ जेठ १६, १२:४० खबर संवाददाता

सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ७७र७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले भारथ थपिएको छ। कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो।

यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ र्पुयाइएको छ। एक तोला सुनमा ११ दशमलव ६६४ ग्राम सुन हुन्छ।

यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ र्पुयाइएको छ। साबिकको भन्सार महशुलमा सुनको प्रतितोला भन्सार महशुल ३१ प्रतिशतले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए। यस्तै चाँदीको भन्सार महुशुल पनि १३ प्रतिशतले बढेको शाक्यको भनाइ छ।

‘लकडाउन र अन्तराष्ट्रिय बजामा बढेको मूल्यले शिथिल बनेको सुन चँँदी व्यवसायलाई सरकारले बजेट मार्फत आहात दिएको छ, अर्थमन्त्रालयसंग छलफल गछौँ,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने। एक तोला सुनमा झण्डै १० हजार रुपैयाँ भन्सार संसारमा कतै नभएको भन्दै उनले सरकारी कदमप्रति आपत्ति जनाए।

दुई महिनादेखि बन्द रहेको सुन चाँदी व्यवसाय सरकारको कदमले थप धरासायी हुनसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । भन्सार बढाउँदा व्यवसायीभन्दा उपभोक्ताका बढी मार पर्ने विषय भएका बज्राचार्यको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस