सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको रेडियो बुढीनन्दामा आगलागी, साढे २४ लाखको क्षति

२०७७ जेठ १२, ०६:३८

धनगढी :  बाजुराको रेडियो बुढीनन्दामा आगलागी भएको छ। आइतबार राति झण्डै १२ बजेको समयमा रेडियो स्टेशनमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उक्त आगलागीबट २४ लाख ४५ हजार बराबरको क्षति भएको छ। 

कोल्टीमा रहेको रेडियो स्टेशनमा विद्युतको तार सर्ट भएर आगलागी भएको बाजुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए। आगलागीबाट रेडियोका सम्पूर्ण उपकरण ध्वस्त भएका छन्।

 राती कोल्टी प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। तीन वर्ष अघि रेडियो स्थापना भएको रेडियो बुढीनन्दाका कार्यकारी निर्देशक अनिल शाहीले बताएका छन्। 

कमेन्ट लोड गर्नुस