राजाको तस्वीर भएको नोट नचल्ने
राजाको तस्वीर भएको नोट नचल्ने भएको छ। राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाउने तयारी थालिएको हो। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आज निर्देशन दिएको छ।
तत्कालै नोटहरू प्रतिबन्धित भने नहुने बताइएको छ। सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुनःबजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी छ। राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुनःसर्वसाधारणमा प्रवाह नगर्न भनेको हो।