सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीफन्टा नाकाबाट आज पनि परीक्षण बिना ३९६४ जना भित्रिए

२०७७ जेठ ११, ०६:५२ खबर संवाददाता

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट आज पनि परीक्षण बिना झण्डै चार हजारको उद्दार गरिएको छ। भारतबाट विभिन्न स्थानबाट सीमामा आईपुगेका तीन हजार नौ सय ६४ जनाको उद्दार गरिएको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आज बिहानदेखि साझ सम्म गरी चार हजार नौ सय ६४ जनाको उद्दार गरी सम्बन्धीत स्थानीय पालिका पठाउने काम भईरहेको जानकारी दिए।

आज उद्दार गरिएकाहरुको पनि कोरोना परीक्षण हुन नसकेको प्रहरीले जनाएको छ। भारतबाट फर्किरहेकाहरुको सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउनुपर्ने माग हुदै आएपनि प्रदेश सरकारले किटको अभाव देखाएर सम्भव नभएको बताउँदै आएको छ।

यसअघि जेठ ८ गते भने गौरीफन्टा नाकाबाट उद्दार गरिएकाहरुको आरडीटी परीक्षण गरिएको थियो।

आरडीटी परीक्षणमा १९ जनाको एन्टीबडी देखाएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो। उनीहरु मध्येका पाँच जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ। यसअघि जेठ २ गतेदेखि शनिबार सम्म गौरीफन्टा नाकाबाट ८ हजार दुई सय ७९ जनाको उद्धार गरिएको थियो।

जेठ २ र ३ गते नौँ सय ५०, ७ गते आँठ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार १४ जना र १० गते एक हजार नौँ सय ५९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उद्धार गरिएका अधिकांशलाई सम्बन्धित पालिकामा पठाईएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले विभिन्न स्थानीय तह र सामाजिक संस्थाको सहयोगमा उद्धार गरिएका नेपालीलाई सम्बन्धित पालिकामा पठाउने कार्य भईरहेको बताए।

८ हजार बढिको उद्धार भएपनि उनीहरुमा समेत कोरोना परीक्षण निकै कमको भएको थियो। स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भर्ने यापिड टेस्ट गरिएको थियो। महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो।

तर ७ गते आएका ८ सय ५८ जनालार्ई यापिड  टेस्ट समेत नगरी गाउँ पठाईएको थियो।  ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ।

यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण गरिएको थिएन्। आज भित्रिरहेकाहरुको समेत परीक्षण हुन सकेको छैन्।
 

कमेन्ट लोड गर्नुस