रिर्पोट नेगेटिभ आएपछि सेती अस्पतालको आईसोलेसनबाट १६ जना डिस्चार्ज
धनगढी : रिर्पोट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसनबाट १६ जना डिस्चार्ज भएका छन्। भारतबाट फर्केएर गौरीफन्टा नाकामा आरडीटी पोजेटिभ देखाएपछि अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएका १६ जनालाई डिस्चार्ज गरिएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आईसोलेसनमा भर्ना भएका धनगढी उपमहानगरपालिका तीन जना, बैतडीका पाँच जना, डोटीका दुईजना, अछामका दुईजना, डडेल्धुराका एक, कञ्चनपुरका एकजना र बझाङका दुईजना डिस्चार्ज भएको बताए।
जेठ ८ गते भारतबाट फर्किएका उनीहरुलाई आरडीटी पोजेटिभ देखाएपछि अस्पताल भर्ना गरिएको थियो।