सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मीनीट्रक दुर्घटना : ४ जना घाईते, दुईको अवस्था गम्भीर

२०७७ जेठ ८, ११:३५ खबर संवाददाता

डोटी : डोटीमा मीनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाईते भएका छन्। जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ७ मा निर्माणाधिन मौरासेन सेती हाईड्रो पावरका कामदार ल्याएर आउदै गरेका बा २ क २७३९ नम्बरको मीनीट्रक दुर्घटना हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाईते हुनेमा निर्माण व्यवसायी समेत रहेका बाँकेको राजापुर २ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिह, बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका ६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन्।

उनीहरु मध्ये निर्माण व्यवसायी मल्लको दाहिने खुट्टा भाचिएको छ भने छातीमा गम्भीर चोट लागेको छ। यस्तै भारतका सिहको अवस्था पनि गम्भीर रहेको छ। उनको बाया खुट्टा, टाउको र छातीमा चोट लागेको छ।

घाईतेहरुको डोटीको स्थानीय मेडिकलमा उपचार भईरहेको छ भने गम्भीर अवस्थाका दुईजनालाई थप उपचारका लागि अन्यत्र लगिने भएको छ।

घाईतेहरुलाई लैजान हेलीकोप्टर आईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस