सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख होईन मिसन हेरेर अगाडी बढ्न स्वतन्त्र उम्मेदवारको सुझाव

धनगढी उप–महानगरपालिकामा जनप्रतिनिधि आएको एक बर्ष पुरा भएको छ । गत असार १४ गते निर्वाचन भएपछि २४ गते मतगणना सम्पन्न भएको थियो । धनगढी उप–महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले जनप्रतिनिधिका एक बर्ष पुरा भएको अवसरमा अहिलेका मेयर, उप मेयर र अन्य जनप्रतिनिधिलाई चुनावका बेला गरिएका प्रतवद्धता स्मरण गराएका छन् ।हमालले जनप्रतिनिधिहरुले मुख नभई मिसन हेरेर अगाडी बढ्न पर्ने सुझाव दिदै कार्यकर्तामुखी योजना वितरणको परिपाटी तोड्न पर्नेमा जोड दिए ।

कमेन्ट लोड गर्नुस