सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दुईजनामा र्‍यापिड टेस्ट पोजेटिभ, एकको पीसीआर रिर्पोट नेगेटिभ

२०७७ जेठ ४, १२:१९ खबर संवाददाता

बैतडी : बैतडीमा भारतबाट फर्किएका दुईजनामा आरडीटी पोजेटिभ देखिएको छ। जिल्लाको डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकाका दुईजनामा र्‍यापिड टेस्ट  गर्दा पोजेटिभ देखाएको बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए।

उनीहरु मध्ये डिलासैनीका ५० वर्षीय पुरुषको धनगढीमा आरटी पीसीआर विधीबाट थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ।

शनिबार आरडीटी पोजेटिभ देखाएका पुरुषको भने आज थ्रोट स्बावको नमूना संकलन गरी पीसीआर विधीबाट परीक्षणका लागि पठाउने तयारी भईरहेको  कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए।

ती पुरुष बैशाख १८ गते झुलाघाट नाकाबाट स्वदेश फर्किएका थिए। उनी अहिले गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बसिरहेका छन्। 

कमेन्ट लोड गर्नुस