सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ

२०७७ जेठ १, ०५:१५ खबर संवाददाता

बैतडी : बैतडीका एक जनाको र्‍यापिड डाइग्नोस्टीक टेस्ट(आरडीटी) रिपोर्ट पोजेटिभ आएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका –१ सरस्वती मावि नानारा क्वारेन्टाइनमा बसेका ५० वर्षीय पुरुषको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताए।

गत बैशाख १८ गते भारतको धार्चुला नाकाबाट स्वदेश भित्रिएका डिलाशैनी गाउँपालिका– १ का ती पुरुषको आरडीटी गर्दा रिपोट पोजेटिभ आएको हो।

आरडीटी रिपोर्ट पोजेटिभ देखिएका पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्नका लागि ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। आरडीटी पोजेटिभ देखिएका पुरुषको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि धनगढी पठाइने छ।  

कमेन्ट लोड गर्नुस