बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु
२०७७ वैशाख ३०, ११:२८
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका ९ की ३० बर्षीया कलावती धामीको स्थानिय लिपुणखोला भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमवार बेलुका साढे ७ बजेतिर माइतीघर लिपुणबाट घर फर्किने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ। उनको शव परिक्षणका लागि स्वास्थ्य संस्थामा राखिएको छ।
कमेन्ट लोड गर्नुस