सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप-महानगरपालिकाले राहतमा कुहिएको चामल बाडेपछि गोदाममा पुग्यो खाद्यको टोली

२०७७ वैशाख २९, ०४:१० खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले वडा नम्बर ४ मा राहतमा वितरण गरेको चामल कुहिएको भेटिएपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयको टोली गोदाममै पुगेको छ।

शिवपुरी धाममा वडा कार्यालयले राहतको चामल राखेको गोदाममा सरोकारवाला सहित खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयको टोली पुगेको हो।

गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी दीपक कुँवरले राहतमा वितरण भएको चामलको गुणस्तरमाथि प्रश्न उठेपछि परीक्षणका लागि गोदाममै पुगेको बताए।

अहिले कुहिएको र किरा भेटिएको भनिएको चामलका बोरा खोलेर अध्ययन सुरु भएकाले सरोकारवालासँगको छलफल पछि थप प्रक्रिया अगाडी बढाईने बताए।

धनगढी उप–महानगरपालिकाले धनगढीकै ठाकुर ट्रेड लिंक मार्फत चामल आपूर्ती गरी वडा कार्यालय मार्फत वितरण गरिरहेको छ।

वडा नम्बर ४ को कार्यालयले आईतबार वितरण गरेको चामल कुहिएको भेटिएपछि स्थानीयले फिर्ता गरेका थिए।

ठाकुर ट्रेडले दुई करोड ६१ लाखमा राहत समाग्री आपूर्ती गर्ने जिम्मा पाएको छ। 
 

कमेन्ट लोड गर्नुस