सेती प्रादेशिक अस्पतालमा भोलीदेखि ओपिडी सेवा सञ्चालन हुने
२०७७ वैशाख २९, ०३:४०
धनगढी : सेती प्रादेशिक अस्पतालले कोरोना भाईरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले आज सूचना जारी गर्दै भोलीदेखि ओपिडी लगायतका नियमित स्वास्थ्य सेवाहरु सुचारु हुने जनाएको हो।
यसअघि कोरोना भाईरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो।
कमेन्ट लोड गर्नुस