सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय गोजोरियो कराते दो संघद्वारा राहात वितरण

२०७७ वैशाख २८, ०८:४८ खबर संवाददाता

राष्ट्रिय गोजोरियो कराते दो संघ नेपाल सुदुर पश्चिम प्रदेशले अतिविपन्न परीवारलाई खाद्यसामाग्री वितरण गरेको छ। आईतबार कञ्चनपुरको पुर्नवासमा रहेको मन्दित डोजो र धनगढीका अतिविपन्न परीवारलाई लकडाउनको समयमा राहत वितरण गरेको हो। विपन्न परीवार तथा विपन्न परीवारका खेलाडीलाई चामल, दाल लगायतका खाद्यसामाग्री राहत स्वरुप दिईएको राष्ट्रिय गोजोरियो कराते दो संघ नेपालका केन्द्रिय महासचिव प्रकास चन्दले बताए।

उक्त राहात सामाग्री केन्द्रिय महासचिव चन्द , प्रदेस कमिटीका अध्यक्ष अरुण कुवर, उपाध्यक्ष  महेन्द्र सिंह ठकुरि, सचिब राजेन्द्र बम सदस्य तथा पत्रकार बिराज रोस्यारा लगायतको सहभागितामा नेपाल कराते महासंघका राष्ट्रिय निर्णायक  तथा  मन्जित डोजोका प्रशिक्षक नरेन्द्र गुरुङ, र डोजोका सल्लाहकार तथा पत्रकार केशव भट्टराईलाई संयुत्त रुपमा हस्तान्तरण गरिएको हो।

उत्त राहात सामाग्री खारिद्का लागि केन्द्रीय संघका महासचिव चन्द, केन्द्रिय सदस्य तथा प्रदेस प्रमुख लाल बहादुर राना, प्रदेस कमिटीका अध्यक्ष कुवर, उपाध्यक्ष तथा कैलाली उधोग बाढिज्य संघका सदस्य  महेन्द्र सिंह ठकुरि, पत्रकार तथा महासचिव हरि जोशी, सचिबदय प्रहरी नायब निरीक्षक राजेन्द्र बम, र बिपिन कटवालका साथै  डिर्म एजुकेसन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक तथा संघका सदस्य हेमन्त रेग्मी लगायतको सहयोगमा राहात हस्तान्तरण गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस