सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भेटिए स्क्रब टाइफस र औलोका बिरामी

२०७७ वैशाख २७, ०४:३६ खबर संवाददाता

बैतडी : बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला भेटिएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका– ६ का  ४८ वर्षीय पुरुषमा स्क्रब टाइफस भेटिएको हो।

अत्यधिक ज्वरो आएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा उनलाई स्क्रब टाइफस पुष्टी भएको हो।

त्यस्तै शिवनाथ गाउँपालिका– २  की ६ वर्षीया बालिकामा औलोरोग देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस