सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ सय बालबालिकालाई नियमित खोप

२०७७ वैशाख २६, ०५:३१

बर्दियाका आठ सय बालबालिकालाई नियमित खोप लगाइएको छ। कोरोना भाइरसको संक्रमणका कारण गत चैतमा दिइनुपर्ने खोपसेवा प्रभावित भएको थियो। एक वर्षका अवधिमा यहाँका जन्मेदेखि २३ महिना उमेरसम्मका करीब १० हजार बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकृत कृष्णगोपाल चौधरीले बताए।

स्वास्थ्य सतर्कता अपनाएर स्वास्थ्य कार्यालयले सबै स्थानीय तहमा यही वैशाख १९ गतेदेखि खोप लगाउने तथा पोलियो थोपा खुवाउने काम शुरु गरेको थियो। स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्रीक प्रयोग गरी बालबालिकालाई खोप प्रदान गर्ने व्यवस्था सबै खोप केन्द्रमा गरिएको थियो।  

अन्य सहयोगीलाई मास्क, पञ्जा, स्यानिटाइजरसहित सुरक्षा सर्तकता अपनाएर परिचालन गरिएको गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए।  खोप कार्यक्रम आजै सकिने कार्यतालिका छ। राजापुर नगरपालिका र गेरुवा गाउँपलिकामा भने चैत महिनामा खोप कार्यक्रम सञ्चालन भएको थियो। रासस
 

कमेन्ट लोड गर्नुस