सुदूर नेपाललाई विश्वसँग जोड्दै

महासंघका अध्यक्ष साउदद्वारा धनगढीका विपन्न परिवारलाई खाद्यान्न सहयोग

२०७७ वैशाख २५, १०:११ खबर संवाददाता

धनगढी :  लकडाउनले गर्दा रोजगारी बन्द भएपछि विचल्लीमा परेका विपन्न परिवारलाई नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका सुदूरपश्चिम प्रदेशका अध्यक्ष वीरबहादुर साउँदले सहयोग गरेका छन्।

उनले धनगढी उपमहानगरपालिका – १ का ३६ विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेका हुन। नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका साउदले प्रति परिवारलाई १० किलो चामल, दुई प्याकेट सोयाविन, एक प्याकेट तेल र एक प्याकेट नुन उपलब्ध गराएका छन्। 

आगामी दिनहरुमा पनि उपमहानगरपालिकाका वास्तविक विपन्न परिवारलाई राहत उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। यस विपद्को बेला रोजगारी गुमेका तथा आर्थिक स्थिती कमजोर भएका परिवारलाई आफुले सदैव सहयोग गर्ने उनले बताए। 

कमेन्ट लोड गर्नुस