सुदूर नेपाललाई विश्वसँग जोड्दै

वुहान शहरमा पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी खुशी

२०७७ वैशाख २४, १०:४४ खबर संवाददाता

कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा बुधबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छन्। महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएपछि वुहानमा विद्यालयहरु खुलाइएका हुन्। गत डिसेम्बरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनवरीदेखि स्कूलहरु बन्द गराइएका थिए।

झण्डै पाँच महिनापछि वुहानका बालबालिका विद्यालय जान पाएपछि निकै खुशी देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कूल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ। वुहानका १२१ विद्यालय खुलेका हुन्।

कक्षा कोठामा ३० जनाभन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गरी डेस्कको व्यवस्था गरिएको जनाइएको छ। विद्यालयमा विद्यार्थीहरुलाई सामाजिक दूरी र अनिवार्य मास्कको व्यवस्था गरिएको छ । चीनमा कोरोना संक्रमण रोकिए पनि पूर्णरुपमा नियन्त्रणमा भने आएको छैन।

केही नयाँ संक्रमणका घटना भने देखिँदै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस