कैलालीमा राहतको बिषयलाई लिएर झडप, दुई जना घाइते
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा राहतको बिषयलाई लिएर दुई समूह बिच झडप भएको छ।
नगरपालिकाको वडा नम्बर ४ मा राहतको बिषयमा लिएर झडप भएको हो। स्थानीय किशोर मिनराज न्यौपाने र चेतबहादुर धमलाको समूह बिच झडप भएको प्रहरीले जनाएको छ। झडपमा चेतबहादुर पक्षका दुई युवा घाईते भएका छन्। नविन बिक र देव बिकको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई लम्कीबाट थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा मिनराज र उनका बुवा सहदेव न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। वडा अध्यक्ष लालबहादुर बोगटीका अनुसार केही दिन अगाडि दुई जनाबिच राहत वितरणकै विषयमा विवाद भएको थियो।