सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीपीईमा कालोबजारी गर्ने धनगढीको एडभान्स सर्जिकललाई दुई लाख जरिवाना

२०७७ वैशाख २४, ०७:२१ खबर संवाददाता

धनगढी : धनगढीको एडभान्स सर्जिकल एण्ड सप्लायर्सलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। सप्लायर्सले पीपीईमा कालोबजारी गरेको भन्दै संयुक्त बजार अनुगमन टोलीले दुई लाख रुपँैया जरिवाना गराएको हो।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनमगरले सप्लायर्सले पीपीईमा तोकिएको भन्दै ३२ दशमलव  ७२ प्रतिशत  पैँसा बढि लिएको भेटिएपछि दुई लाख जरिवाना गरिएको जानकारी दिए। 

सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तिराएको उनले बताए। 

कमेन्ट लोड गर्नुस