किन सचिवालय बैठकको बीचैमा बाहिरिए प्रधानमन्त्री ओली ?
बालुवाटारमा जारी नेकपाको सचिवालय बैठकबाट प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बीचमै बाहिरिएका छन्।
बुधबार भएको नेकपा केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि प्रदर्शन गरेका छन्। उनी बैठक जारी रहेका बेला झोँक्किएर हिँडेको र बैठक भने जारी रहेको बताइएको छ।
आजको बैठकमा भोलि निर्धारित स्थायी कमिटी बैठकमा दुबै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डकातर्फबाट पेश गर्न तयारी पारिएको राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने बताइएको थियो।
बैठकले भोलि बिहीबारलाई बोलाइएको स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालयमा गर्ने पनि निर्णय गरेको छ।