कोरोना आशंकामा कञ्चनपुरकी महिला सेती अस्पतालमा भर्ना
धनगढी : कोरोना आशंकामा कञ्चनपुरकी एक महिलालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १९ की ३४ बषीय महिलालाई आज विहान सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले ज्वरो र रुघाखोकी बढेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको बताए। उनका अनुसार ति महिलाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको छ।
थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढीको प्रयोगशालामा पठाईएको उनले बताए। उनलाई महाकाली अस्पतालबाट थप उपचारका लागि सेती अस्पताल ल्याईएको हो।
सेती अस्पतालमा अहिले एक जना संक्रमित र अन्य एक जना शंकास्पद बिरामीको उपचार भईरहेको छ।