कैलालीमा राहत वितरणमा विवाद भएपछि थपलाई राहत दिन पहल गरिने
कैलाली : कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १८ मा राहत वितरणमा विवाद उत्पन्न भएपछि थप राहत दिन पहल थालिने भएको छ।
उपमहानगरपलिकाको दोस्रो चरणको राहत वितरणका क्रमम वास्तविक विपन्नले राहत नपाएको भन्दै विरोध भएको थियो। सोही विवादलाई साम्य पार्न थप ७० जनालाई राहत लागि पहल गरिने भएको छ।
उपमहानगरपलिकाको वडा नम्बर १८ मा नाम सिफारिस भएअनुसार २ सय ९५ जनालाई खाद्यान्न वितरणका क्रममा विरोध भएको थियो। विरोधपछि थप ७० जनालाई राहत दिनुपर्ने देखिएकोले सोहिअनुसार नाम संकलनगरी राहतको लागि पहल गरिने वडाअध्यक्ष मुरारी अधिकारीले बताए।