कैलालीमा एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने कञ्चनपुरका युवक पक्राउ
२०७७ वैशाख २३, ०२:३८
धनगढी : कैलालीमा एटिएम तोडफोड गरी रकम चोरी गर्न खोज्ने युवक पक्राउ परेका छन्। गत बैशाख १७ गते राती अत्तरियामा रहेको एन.आई.सी एसिया बैँकको एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरका भीमदत्त नगरपालिका ९ मटैनाका २२ वर्षीय सुनिल खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस