धनगढीमा वर्षा
धननगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वर्षा भईरहेको छ। धनगढी उपमहानगरपालिका आसपासका क्षेत्रमा वर्षा भईरहेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भू–भागमा पूर्ण बदली र बांकि भु–भागमा सामान्य बदली रहने जनाएको छ।
देशको पश्चिमी भू–भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग र असिना एवंम हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
यस्तै आज राती देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।