सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्याद नाघेको औषधी बिक्रि गर्ने धनगढीको सरोज मेडिकललाई २० हजार जरिवाना

२०७७ वैशाख २२, ०५:३१

धनगढी- म्याद नाघेको औषधी बिक्रि वितरण गरेको भन्दै धनगढीको सरोज मेडिकललाई जरिवाना गरिएको छ। धनगढी स्थित चौराहमा रहेको सरोज मेडिकल हलले म्याद नाघेको औषधी पाँच महिनापछि पनि बिक्रि गरेको, सिरिन्ज लगायतका अन्य स्वास्थ्य समाग्रीको बिक्रि गरेको बिल जारी नगरेको भेटिएपछि २० हजार जरिवाना गरिएको हो।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुनमगरले संयुक्त बजार अनुगमनका क्रममा मेडिकलले कानून विपरीत म्याद गुज्रेका औषधी बिक्रि गरी विल समेत जारी नगरेको भेटिएपछि जरिवाना गरिएको जानकारी दिए।

कमेन्ट लोड गर्नुस