सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनुदानमा धानको बीउ

२०७७ वैशाख २०, १२:३९

सिन्धुलीको तीनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्ने भएको छ। भूगोल र माटो सुहाउँदो उन्नत जातको धानको बीउ वितरण गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले धानको बीउ वितरण गर्न लागिएको हो।

गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले आर्थिक वर्ष २०७६र७७ को वार्षिक गाउँसभाबाट स्वीकृत तेस्रो चौमासिक कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको धानको बीउ वितरण गर्न लागिएको बताए। उनले भने, “पूरै अनुदानमा किसानलाई धानको बीउ वितरण गर्दा सही सदुपयोग हुन नसक्ने भन्दै किसान र गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत मूल्यमा धानको बीउ वितरण गर्न लागिएको हो।”

गाउँपालिकाको कृषि शाखा लाम्पान्टारबाट ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण भइरहेको हुँदा आफूलाई पायक पर्ने कृषि प्राविधिक, गाउँपालिका कृषि शाखा तथा ११ वटै वडा कार्यालयमा सम्पर्क गरी धानको बीउ लिन उनले आग्रह गरे। मागको आधारमा किसानलाई धानको बीउ वितरण गरिने उनको भनाइ छ। रासस
 

कमेन्ट लोड गर्नुस