सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीबाट ब्राउन सुगर बरामद

२०७७ वैशाख १९, ०८:१६ खबर संवाददाता

कैलालीको लम्कीचुहा नगरपालिका ९ मा  ससस्त्र प्रहरीले ब्राउन सुगर बतामद  गरेको छ। ससस्त्र प्रहरी प्रतापपुर बेस क्याम्प प्रमुख रमेश पाण्डेका अनुसार  लम्किचुहा नगरपालिका ९ बङ्गालिपुरमा लागू औसध दुर्वेसनी र बिक्री भईरहेको भन्ने सुचनाको आधारमा टोलि पुग्दा २.६६ ग्राम लागु औसध र ४ वटा मोबाइल सेट त्यहि छोडेर उनिहरु भागेको बताईएको छ।

फरार हुने चारै जना लम्किचुहा ९ कै रहेको जिल्ला प्रहरी कार्यालय कैलालिका प्रबक्ता दक्ष कुमार बस्नेतले जानकारी दिए। फरार हुनेहरुमा २१ वर्षीय राज रावल, २४ वर्षीय गोबिन्द कुवर, २० वर्षीय लाल भुल र २० वर्षका खकेन्द्र साउदको खोजी भईरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस